evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

सिटिजन्स बैंकले रक्षा नेपाललाई सहयोग प्रदान

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सिटिजन्स बैंकले रक्षा नेपाललाई सहयोग प्रदान गरेको छ। रक्षा नेपालले यौन शोषणमा परेका बालिका, महिला र उनीहरुका बालबालिका, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाका लागि कानुनी सहयोग एक आत्मनिर्भरको प्रयास गर्दै आएको छ ।

रक्षा नेपालमा शरण लिइ बसेका महिला तथा बालबालिकाहरुको लागि दैनिक उपभोग्य खाद्यान्न लगायत अन्य आवश्यक सामाग्रीहरु सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्तान्तरण गरे ।

पोखरेलले रक्षा नेपालले गरेको उल्लेखनीय मानवीय कार्यको लागि हार्दिक प्रशंसा व्यक्त गरे ।
रक्षा नेपाल जस्ता सस्थाहरुले गर्दा नै समाज प्रति महिलाहरुको अधिकार र मर्यादा कायम रहेको र यस्ता संस्थाहरुले गर्ने महान कार्यमा साथ दिन पाउँदा गर्व महशुस गरेको कुरा ब्यक्त गरे।

himalayan life insurance
igi long