मध्यपहाडी लोकमार्गको कास्की खण्ड हिलाम्मे
hL0f{ ;8s
sf:sL, !# c;f/ . /fli6«o uf}/jsf] lgdf{0ffwLg dWo kxf8L nf]sdfu{ cGtu{t sf:sL v08sf] kf]v/f dxfgu/kflnsf–@% ;'O{v]tdf hL0f{ ;8s . ;8s lgdf{0f sfo{ cl3 ga9bf avf{ofddf lxnf]sf] ;d:ofsf sf/0f ;jf/L ;~rfngdf sl7gfO{ ePsf] 5 . t:jL/ M s[i0f bjf8L÷/f;;
काठमाडौं । धौलागिरी अञ्चलका पर्वत, म्याग्दी, बाग्लुङ र मुस्ताङको ‘लाइफलाइन’ रहेको पोखरा–बाग्लुङ राजमार्गमा यात्रा गर्ने यात्रुले यति बेला सास्ती बेर्होनु परेको छ ।
राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डको पोखरा महानगरपालिका–२५ याम्दीदेखी घट्टेखोलासम्मको सडक बर्खायाममा हिलाम्मे हुँदा सो लोकमार्ग भएर यात्रा गर्नेले कष्ट भोग्न बाध्य बनेका छन् ।
बन्दाबन्दीले लोकमार्गको काम रोकिदा बर्खामा सडक हिलो र पानीले भरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रेसमेतको केही वडावासी सोही सडक भएर यात्रा गर्ने गर्दछन् ।
मध्यपहाडी लोकमार्ग विस्तार शुरु भएपछि साविकको दुई लेनको पक्की कालोपत्रे सडक अहिले भत्काइएपछि ठाउँ–ठाउँमा सडकमा पानी जमेर हिलो हुँदा राजमार्गमा यात्रा गर्नेले हैरानी बेहोर्न बाध्य छन् भने अत्यावश्यक एम्बुलेन्स समेत रोकिने र हिलोमा फस्ने गरेको छ ।
सुइखेतदेखि घट्टेखोलासम्मको दुई किमी सडक अहिले सवारी चालक तथा यात्रुका लागि धराप बनेको र स्तरोन्नतिका लागि विस्तार गरिएको सडकमा पानी पर्न थालेपछि सवारी साधन हिलोमा फस्ने, दुर्घटना हुने र बाटोमा रोकिनुपर्ने बाध्यता रहेको स्थानीवासीको गुनासो छ । रासस



























