citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रक्रियागत अलमलमै एमसिएका परियोजना

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । विद्युत् प्रसारण लाइन र सडक निर्माणका लागि परियोजना सम्पन्न गर्ने भनिएको एमसिए नेपालका दुई पूर्वाधार आयोजना प्रक्रियाकै चरणमा अल्झिरहेका छन् ।

पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने भन्दै परियोजना कार्यान्वयन (इन्ट्रि इन्टु फोर्स) घोषणा गरे पनि जग्गा अधिग्रहणदेखि ठेक्का प्रक्रियासमेत अलमलमै छन् ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतका परियोजना कार्यान्वयन सम्बन्धी सम्झौता ९एमसिसी कम्प्याक्ट० लागु भएको सात महिना पुग्न लाग्यो ।

एमसिसी कम्प्याक्ट गत भदौ १३ गतेदेखि पूर्ण रूपमा लागु हुने चरणमा गइसकेको छ । एमसिए नेपाल आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण, ठेक्का जस्ता प्रक्रियालाई समेत निष्कर्षमा पुराउन सकिरहेको छैन ।

ठेक्का र जग्गाको सकस

कुल ३१५ किलोमिटर लामो चार सय केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि एमसिए नेपालले करिब एक हजार ४७१ हेक्टर जमिन आवश्यक पर्ने जनाइएको छ । हालसम्म रातामाटेको सबस्टेसन लागि २०।२७ हेक्टर जमिन अधिग्रहणको कार्य सकिएको छ ।

प्रसारण लाइनका टावरका लागि मात्रै १० जिल्लामा १०४ हेक्टर जमिन अधिग्रहण आवश्यक हुन्छ तर अहिले स्थलगत अनुगमनबाहेक उपलब्धि हात लागिसकेको देखिँदैन । यता, जग्गा अधिग्रहणमा उल्लेख्य उपलब्धि भइरहेको दाबी एमसिए नेपालले गरेको छ ।

“जग्गा अधिग्रहणका लागि हामीले काठमाडौँ बाहेक नौ जिल्लालाई अघिग्रहण गर्नुपर्ने जग्गाको विवरण पठाइसकेका छौँ,” एमसिए नेपालले पे्रसित गरेको लिखित जवाफमा भनिएको छ, “त्यहाँ क्षतिपूर्ति निर्धारण समितिले मूल्याङ्कनको काम गरिरहेका छन् ।”

लामो तयारी पछि आह्वान गरेको बोलपत्र प्रक्रिया नै रद्द गरिएको छ । गत असोजमा आवेदनमा अस्वाभाविक मूल्य दाबी परेको भन्दै प्रक्रिया नै रद्द गरिएको थियो ।

पुनः बोलपत्रको प्र्रक्रियामा देखिने गरी उपलब्धि भएको छैन । एमसिए नेपालले अहिले विगतको ठेक्कामा भएका कमजोरी पहिल्याएर नयाँ प्रतिस्पर्धी र पारदर्शी किसिमले बोलपत्र आह्वान गर्ने भन्दै परामर्शदातालाई जिम्मा दिएको छ ।

तीन लटमा निर्माण गर्ने तयारी भए पनि गत साता एमसिए नेपालले तेस्रो लट अन्तर्गतको न्यु बुटवलदेखि नेपाल–भारत सिमानासम्मको करिब १८ किलोमिटर न्यु बुटवल गोरखपुर चार सय केभी प्रसारण लाइनको डिजाइन तथा निर्माणका लागि बोलपत्र आह्वान गरेको छ ।

अन्य खण्डका लागि डिजाइन पारामिटर निर्माण प्रावधान संशोधनका लागि अध्ययन भइरहेको उसको भनाइ छ ।

एमसिए नेपालले प्रसारण लाइन निर्माणका लागि सार्वजनिक खरिदलाई कानुन अनुसार नै पारदर्शी र प्रतिस्पर्धी बनाइने प्रतिबद्धता जनाएको छ । यसै वर्षभित्र टेन्डर आह्वान गर्ने लक्ष्यसहित काम भइरहेका एमसिए नेपालले जनाएको छ ।

‘सडकको बोलपत्र तीन महिनाभित्र’

पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको सडकको स्तरोन्नतिको काम पनि कागजी प्रक्रियाबाट बाहिर आउन सकेको देखिँदैन । एमसिए नेपालका अनुसार ४० किलोमिटर लामो यो सडकको प्रारम्भिक वातावरणीय मूल्याङ्कन प्रतिवेदन अन्तिम चरणमा पुगेको छ ।

यसको बोलपत्र आगामी असारभित्र आह्वान गर्ने प्रतिबद्धता एमसिए नेपालले जनाएको छ । एमसिए नेपालले आफ्नो जिम्मेवारीका दुई परियोजना निर्धारित समयमै सम्पन्न गर्ने गरी अहिले कामलाई तीव्रता दिइरहेको जनाएको छ ।

एमसिए नेपालका अनुसार चालु आवको पुस मसान्तसम्ममा नेपाल सरकारको बजेटबाट एक करोड २० लाख ५४ हजार रुपियाँ र एमसिसीको स्रोतबाट ३८ करोड ५० लाख ६१ हजार छ सय रुपियाँ बराबर खर्च गरेको जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।

himalayan life insurance
igi long