sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

रङगहरुको पर्व होली आज हिमाली एवं पहाडी जिल्लामा हर्सोल्लासपुर्वक मनाईंदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली पर्व आज हर्सोल्लासपुर्वक एकआपसमा रङ र लोला खेली मनाइँदैछ ।

रङगहरुको पर्व होलीले आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने गर्दछ । शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित सर्वसाधारणले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुडिखेलमा लगी जलाउँछन् ।

सभ्यरुपमा फागु पूर्णिमा मनाउन प्रशासनले अनुरोध गरेको छ । फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ । तराई क्षेत्रमा भने भोली होली मनाइने छ ।

यसैबिच, होलीलाई दुर्घटनारहित बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यका प्रवेश गर्ने नाका र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाएको छ भने ९ सय भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिनेछ ।

त्यस्तै ३० ओटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्ट समेत राखिने भएको छ ।

gold
prabhu bank
nawakantipur long