stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना कार्यक्रम गरिएको छ । हरेक वर्ष मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ ।

कलेज अफ डेण्टल साइन्स एण्ड हस्पिटलका इन्टर्न तथा डेण्टल विद्यार्थीहरुले इमरजेन्सी भवन अगाडी मुख तथा दाँत कसरी सफा राख्ने रु कस्ता आहारविहार गर्दा मुख र दाँत स्वस्थ र सफा रहन्छ रु लगायतका बारेमा आगन्तुकहरुलाई सचेतना दिएका थिए ।

दाँतको राम्ररी स्याहार गरिएन भने मान्छेको व्यत्तित्वमै प्रभाव पर्ने भएकोले समय–समयमा दन्त चिकित्सकबाट दाँत तथा मुखको स्वास्थ्य परीक्षण गराउनु पर्ने, दाँतमा किरा लाग्न नदिन, खिइन नदिन दैनिक दुई पटक दाँत माझ्नु पर्ने, चुरोट, खैनी, गुट्खा, तम्बाकु जस्ता हानिकारक वस्तुहरु खान नहुने बारे अस्पतालमा आएका बिरामी तथा आगन्तुकलाई जानकारी दिइएको थियो ।

‘विश्व मुख स्वास्थ्य दिवसको अवसरमा हामीले यहाँ आएका भिजिटरहरुलाई मुख तथा दन्त स्वास्थ्यका बारेमा सचेतना दिएका हौं ।’

नेपाल मेडिकल कलेज डेण्टल हस्पिटलका निर्देशक डा। प्रकाश भट्टराईले बताए । कलेजमा आएका आगन्तुक तथा बिरामीहरुले मुख स्वास्थ्य, दन्त स्वास्थ्यका बारेमा विविध जानकारीहरु पाएको बताए ।

कलेजको दन्त रोग विभागमा दैनिक डेढ सयदेखि दुई सयको हाराहारीमा बिरामीहरु आउने गरेका छन् । कलेजले दन्त रोग सम्बन्धी छुट्टै अत्याधुनिक भवन समेत निर्माण गरिरहेको छ ।

prabhu mahalaxmi
kumari