citizens life insurance long ad
stcnepal long ad

लकडाउनको बाध्यतासँगै १८ अर्ब अन्तःशुल्क घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं  । कोभिड–१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसारपसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य लिएको भन्दा रु १८ अर्ब १२ करोड ८४ लाख अन्तःशुल्कमा गिरावट आएको छ ।

यस कार्यालयले जेठ मसान्तसम्ममा अन्तःशुल्कमा मात्र रु ३६ अर्ब चार करोड ९२ लाख १३ हजार राजस्व अशुल गर्ने लक्ष्य लिएकोमा रु १७ अर्ब ९२ करोड ८ लाख आठ हजार मात्र राजस्व सङ्कलन भएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार अन्तःशुल्कको लक्ष्यको ४९ दशमलव ७१ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । जेठ मसान्तसम्ममा कूल राजस्व सङ्कलन रु ४० अर्ब ५८ करोड ५५ लाख ६२ हजार हुने लक्ष्य राखिएकोमा रु २१ अर्ब ६१ करोड छ लाख २३ हजारमात्र सङ्कलन भएको छ । जुन लक्ष्यको ५३ दशमलव २५ प्रतिशतमात्र हुन आउँछ । कूल लक्ष्यभन्दा रु १८ अर्ब ९७ करोड ४९ लाख ३९ हजार कम राजस्व उठेको हो ।

यस कार्यालयले चितवन र नवलपरासीको त्रिवेणी–सुस्ता पूर्वको भाग हेर्दै आएको छ । यस क्षेत्रमा सात वटा मदिरा र छ वटा बियर उद्योग रहेका छन् । कार्यालयका प्रमुख सुवप्रसाद रिजालका अनुसार अन्तःशुल्कमा विभिन्न सामग्री पर्ने भए पनि अधिकांश हिस्सा बियर र मदिराले ओगट्ने गर्दछ । रासस

IME Life
kumari