stcnepal long ad
national life

चार सिमेन्ट उद्योगलाई तोकिएको गुणस्तर पुरा नगरेको भन्दै कारबाही

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको गुणस्तर पुरा नगरेको भन्दै चार सिमेन्ट उद्योगलाई कारबाही गरेको छ ।

मापदण्ड पुरा नगरी कारबाही पर्ने कम्पनीहरुमा रिलायन्स सुपरटेक सिमेन्ट, इन्टरनेशनल सिमेन्ट, अग्नी सिमेन्ट, सर्वोत्तम सिमेन्ट छन्। त्यस्तै एभरेष्ट ग्यास र कमल रोलिङ मिल्स रहेका छन् ।

विभागले विभिन्न समयमा संकलन गरिएको सिमेन्टको नमुना प्रयोगशालमा परीक्षण गर्दा मापदण्ड पुरा नगरेको भन्दै कारबाही गर्ने निर्णय गरेको हो ।

विभागकाले गुणस्तर प्रमाणपत्र ऐन तथा नियमावलीअनुसार कारबाही गरिएको जनाएको छ ।यसरी मापदण्ड पुरा नगरेका कम्पनीहरुको गुणस्तर प्रमाण चिन्ह स्थगन गरिएको छ । रासस

gold
kumari bank
kumari
nawakantipur long