stcnepal long ad
ime life insurance
national life
global ime bank long

राजस्व अनुसन्धान विभागद्वारा ७९ करोड बिगो र जरिवाना माग दाबीसहित मुद्दा दर्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । राजस्व अनुसन्धान विभागले ७९ करोड असूलउपर सहित हदैसम्मको कैद सजाय माग गर्दै ८ जना व्यापारी विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ ।

विभागले सोमबार उच्च अदालत बुटवल र पाटनमा भन्सार छलेर व्यापारिक बस्तु आयात गरेको अभियोगमा बिगो र जरिवानासहित छुट्टा(छुट्टै मुद्दा दर्ता गरेको हो । विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार विभिन्न समयमा भन्सारमा तिर्नुपर्ने महसुल, करलगायतका राजस्व रकम नतिरी चोरी पैठारी गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।

विभागले संदिप ट्रेडर्सका कारोबारी दयाशंकर चौधरी र प्रोप्राइटर विमलादेवी चौधरी कुर्मीविरुद्ध १२ करोड ८५ लाख बिगो तथा शतप्रतिशत जरिवाना असुल उपर गरी जेल सजायको समेत माग गर्दै उच्च अदालत बुटवलमा मुद्दा दर्ता गरेको छ ।

दयाशंकरले श्रीमती विमलादेवीको नाममा फर्म दर्ता गरेर खाद्यान्न आयात गरेर बिक्री गरेको देखिए पनि खरिद गरेको बील नदेखिएको विभागले जनाएको छ ।

यसैगरी ठूलो परिणाममा व्यापारिक वस्तु आयात गरेर कारोबार भने नदेखाएको भन्दै ६ जना विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको छ ।

विभागका अनुसार भारतीय नागरिक बिलबलजी भन्ने भारतीय नागरिकसँग मिलेमतो गरेर करोडौँ राजस्व छली गरेर नेपाल भित्र्याएको र जया एण्ड जिया इम्पेक्सका प्रोप्राइटर राहुल कुमार सुवेदीबाट १७ करोड ३८ लाख ८० हजार असुल्नु पर्ने देखिने विभागको भनाई छ ।

श्रीगुरु इम्पेक्सका प्रोप्राइटर सिताराम रौनियार, शिवश्री इन्टर प्राइजेजका प्रोप्राइटर रिजवान अन्सारी, न्यु कन्चन इन्टरप्राइजेजका प्रोप्राइटर मिरा कुमारी श्रीवास्तव, एसपी कन्सर्नका प्रोप्राइटर प्रभुशंकर रौनियार, न्यु यशकुमार इन्टर प्राइजेजका रामछत्री सा कलवारविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।

यसैगरी सिताराबाट १ करोड ४२ लाख, ९४ हजार, रिजवानबाट २ करोड ११ लाख १९ हजार, मिराकुमारीबाट २ करोड ११ लाख ८१ हजार, प्रभुशंकरबाट १ करोड ७८ लाख ४० हजार, रामछत्रीबाट १ करोड ७७ लाख २८ हजार असुल्नुपर्ने माग गरिएको छ ।

अभियुक्तहरूलाई कायम गरेको बिगो र त्यसको शतप्रतिशत जरिवाना सजाय माग गरिएको विभागले जनाएको छ ।

IME Lifesidebar
kumari