evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो चैत अन्तिम सातादेखि हुने

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आगामी चैत अन्तिम साताबाट ‘मेड इन नेपाल’ नारा सहित ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री तथा मौलिक उत्पादनहरू प्रदर्शनीमा राखिने छन् ।

ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेसनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजक पक्षले जनाएको छ । ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन हुने इन्टरनेसनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेशका सामग्री राखिने आयोजकले जनाएको छ ।

साथै, थाइल्याण्ड, टर्की, मलेसिया, चाइनालगायतका देशहरुमा उत्पादित विविध मौलिक उत्पादन र सेवा सम्बन्धी वस्तु तथा सामग्री इन्टरनेसनल ट्रेड एक्स्पोमा राखिने आयोजकले बताएको छ ।

पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहने छ ।

मेलाको सहयोगी संस्थाका रुपमा लक्ष्मी सनराइज बैंक र नेपाल हस्तकला महासंघ रहेका छन् । एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुको अतिरिक्त दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।

सार्क मुलुकमा निर्मित सामग्रीहरूले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले अन्य मुलुकमा प्रभाव जमाएको भन्दै अध्यक्ष शाक्यले मेलामार्फत सहभागी देशहरुको उत्पादनको प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा शाक्यको छ ।

यस्तो मेलाले सहभागी मुलुकका व्यवसायीलाई सामीप्यमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको इन्ट्रोडक्सन ट्रेड शोका मेनेजीङ डाइरेक्टर सुमन महर्जनले बताए ।

मेलाको आकर्षणको रूपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरुका लागि गेमिङजोन रहने आयोजकको भनाई छ ।

फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमका साथै जावलाखेल फुटबल ग्राउण्ड परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिए ।

igi long
himalayan life insurance long ad