अमेरिकाद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । अमेरिकी महामहिम राजदुत Randy Berry ले जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच कोभिड १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि राष्ट्रिय अभियान योजना २०७७ को सफल कार्यान्वयनमा सहयोग पुर्या्उने हेतुले ४,५०,०००।– (चार लाख पचास हजार) अमेरिकी डलर मुल्य बराबरको स्वास्थ्य सामग्रीहरु प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नु भएको छ ।
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले मित्रराष्ट्र अमेरिकाको सहयोग प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नु भएको थियो ।