stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौं महानगरपालिकाले अबदेखि वर्गीकरण गरेको फोहर मात्र व्यवस्थापन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्रोतमा वर्गीकरण गरिएको फोहर सङ्कलन कार्यक्रम वडा नं २७ बाट सुरु गर्ने भएको छ । यसका लागि महानगरपालिकाले हरियो र निलो रङको सङ्केत सहितको गाडी समेत तयार पारिसकेको जनाएको छ ।

फोहरको स्रोतमै वर्गीकरण गरी सङ्कलन, ढुवानी तथा व्यवस्थापन गर्नका लागि गाडीको व्यवस्था गरिएको हो । वडा नं २७ मा जनसङ्ख्या पाँच हजार छ ।

जहाँ एक हजार चार सय घरधुरी छन् । वडा नं २७ का स्थानीय रमेश महर्जनले महानगरको प्रशंसा गर्दै आफूहरूले स्रोतमै फोहोर छुट्याएर राख्ने बताउनुभयो ।

वडा नं २७ का अध्यक्ष योगेश खड्गीले यसका लाग घरघरमै पुगेर फोहर छुट्याउने विधि सिकाउने योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “फोहोर सङ्कलन गर्न जाने कर्मचारीलाई छुट्याइएको फोहर गाडीमा राख्ने प्रभावकारी तरिका सिकाउँछौँ । यसका लागि वडावासीबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ ।”

आगामी एक हप्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, छुट्याइएको फोहरको नमूना सङ्कलन गर्ने अभ्यास गर्ने वडाको योजना छ । यसपछि कार्यक्रम पूर्ण कार्यान्वयनमा ल्याइने छ ।

महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले स्रोतमै छुट्याइएको फोहर व्यवस्थापनका लागि तीन दशमलव पाँच क्युविक मिटर क्षमता भएको गाडी तयार पारिएको छ ।

सो गाडीमा हरियो र निलो रङका दुई खण्ड तयार पारिएको छ । एउटा खण्डको क्षमता एक दशमलव पाँच क्युविक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “बाहिरबाट हेर्दा गाडी दुई रङको देखिन्छ । कुहिने फोहर सङ्कलन गरिने कोठा तिर हरियो छ भने नकुहिने तथा अन्य फोहर सङ्कलन गरिने कोठातिर निलो रङ पोतिएको छ ।” वडा न २७ मा कार्यक्रम सफल भएपछि अन्य वडामा पनि विस्तार गरिने छ ।

IME Lifesidebar
kumari