citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हरेक १२ वर्षमा निकालिने श्रीपचली भैरवको नाच मरु टोलमा नचाइयो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । हरेक १२ वर्षमा निकालिने श्रीपचली भैरवको नाच मरु टोलमा नचाइएको छ । सामान्य बोलीमा पचली भैरवको १२ वर्षे नाच भनिए पनि यो नाचको खास नाम भने श्रीपचली भैरवको खड्ग सिद्धी नाच हो भने यसलाई नेपाल भाषामा गथु प्याखँ भनिन्छ ।

दुई दिनसम्म नचाइने सो नाचमा गणेश, वाराही, इन्द्रायणी, ब्रह्मायणी, नारायण, भैरव, सिँगिणी, व्याधिणी, श्वेत भैरवसहित १३ देवगण संलग्न नाच परम्परागत बाजाका तालमा नाचिन्छ । सुरुमा गुरु बाजालाई ढोग गरेपछि फरक पोसाक र मुकुन्डोमा सजिएका देवगणले क्रमशः नाच प्रस्तुत गरिन्छ ।

सो नाचका मूल नाइके सुरेश मालाकारले तत्कालीन समयमा राजा र देवताबिच खड्ग साटासाटका रूपमा लिइने यो तान्त्रिक नाच हरेक १२ वर्षमा देखाउने जानकारी दिनुभयो । उहाँका अनुसार तान्त्रिक हिसाबमा गुरुले बाजा बजाउँछन् त्यही अनुसार देवगण नाच्ने विश्वास राखिन्छ ।

यो नाच हरेक वर्ष बडादसैँको टीकाको दिन टेकुस्थित पचली भैरव मन्दिरबाट सुरु भई काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा देखाउने चलन छ ।

देवगणको नाच सकिएपछि दर्शकले दक्षिणा दिने चलन छ । धार्मिक रूपमा समेत महत्वपूर्ण मानिएको यो नाच हेर्नाले सुख र शान्ति पाउने जनविश्वास रहिआएको सांस्कृतिक अभियन्ता राजन महर्जनले बताउनुभयो ।

उहाँले पचली आजु (भैरव) लाई राष्ट्रको रक्षा र शक्तिको स्रोतका रूपमा सरकारीस्तरबाटै पूजा गरिने जानकारी दिँदै तत्कालीन राजाले शक्ति सञ्चितिका लागि हरेक १२ वर्षमा पचली भैरवसँग खड्ग सिद्धि (खड्ग साट्ने) गर्ने जानकारी दिनुभयो ।

पचली आजुको संरक्षण गर्न, जात्रा मनाउन १२ जना गुठियार हरेक वर्ष पालैपालो पुजारी बस्दै आइरहेका छन् ।

पहिला गुठियार, थकु जुजु र जात्रासँग सम्बन्धित चित्रकार, गथुहरूले मात्र सञ्चालन गर्दै आइरहेको जात्रा व्यवस्थापन गर्न केही वर्षअगाडिदेखि स्थानीयस्तरमा पचलीजात्रा व्यवस्थापन समिति बनाई जात्रा व्यवस्थापन गर्दै आइरहेको छ ।

नाचको मूल नाइके मालाकारले राज्यस्तरबाटै सम्मानित पचली भैरवको जात्राबारे प्रचारप्रसार नभएकाले स्थानीयस्तरमा मात्रै सीमित भइरहेको बताउनुहुन्छ ।

उहाँले पचली भैरवको जात्रा नेपालकै मौलिक जात्रा भएकाले यो जात्राले विदेशी पर्यटकलाई आकर्षित गर्न सक्ने जानकारी दिनुभयो ।

यो नाच समापन भएपछि नाचका पात्रहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाइने मालाकारले जानकारी दिनुभयो ।

 

himalayan life insurance
igi long