macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनआइबीएल  स्टेबल फन्डमा आवेदन दिने आज माघ १६ गते मंगलबार अन्तिम दिन हो । लगानीकर्ताले यसमा आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । एनआइएमबी एस क्यापिटलले माघ २ गतेदेखि फन्डको १० करोड इकाई बिक्री खुला गरेको हो ।

जसमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ । यस्तै, १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरेको छ ।

बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यो बन्दमुखी योजना हो । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेको छ ।

himalayan life insurance
igi long
NTA long ad