stcnepal long ad
global ime bank long

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ५२३ पुग्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ । गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रायले दिएको जनकारी अनुसार आइतबार दिउँसो थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा स्याङ्जा जिल्लका मात्रै १० जना रहेका छन् । उनीहरु चापाकोट नगरपालिकाका १८, २०, २१, २१, २१, २६, ३३ र ४६ वर्षका पुरुष साथै एकजना ३० वर्षकी महिला रहेकी छन् । त्यस्तैगरी गल्याङ नगरपालिकाका ४५ वर्षकी अर्की महिलामा पनि कोरोना संक्रमण भएको पाइएको छ । उनीहरुको पोखरा बिज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो ।

नवलपरासी पूर्व गैडाकोट नगरपालिकाका एक १८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीका पनि २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये एकजना पापेखरा महानगरपालिकाका ४० वर्षीय र मादी नगरपालिकाका १९ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै बाग्लुङका पनि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा गलकोट नगरपालिकाका १९, ३५ र २७ वर्षका पुरुष रहेका छन् । त्यस्तै बडिगाड गाउँपालिका ३० र जैमिनी नगरपालिकाका ४७ वर्षका पुरुष रहेका छन् । तनहुँका व्यास नगरपालिकाका ४७ वर्षीय पुरुषमा पनी संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएका सबै भारतबाट भर्खरै नेपाल आएका गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

IME Lifesidebar
kumari