citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

आज भारतमा ७५ औं गणतन्त्र दिवस मनाइँदै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ ।आज भारतले ७५ औँ गणतन्त्र स्थापना दिवस मनाउँदैछ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यस वर्षको गणतन्त्र दिवस धुमधामका साथ मनाउँदैछ ।

गणतन्त्र दिवसमा भारतले प्रमुख अतिथिकारुपमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोलाई आमन्त्रित गरेको छ ।

बिहान साढे १० बजेदेखि परेडको तयारी छ भने राष्ट्रपति मैक्रोको आतिथ्यतालाई ध्यानमा राखेर सरकारले दिल्लीको सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । जसकालागि १४ हजार सुरक्षाकर्मी परिचालित छन् ।

सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो ।

भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापन गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो ।

त्यसयता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ । संविधानले भारतीय नागरिकलाई आफ्नो देशको सरकार आफैँ चुन्न सक्नेलगायतका लोकतान्त्रिक व्यवस्था स्थापना गरेको छ ।

gold
himalayan life insurance long ad
kumari bank