stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

होटल स्क्वायरको स्विमिङ पुलमा भएको घटना पाँच महिनापछि होटल सञ्चालक पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । पुल्चोकस्थित स्क्वायर होटलका सञ्चालक पक्राउ परेका छन् । पाँच महिनाअघि ललितपुर मिनभवनका सजिलमान शाक्यको होटलको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा पानीमा करेन्ट प्रवाह भएको घटनाको पाँच महिनापछि प्रहरीले जाहेरी लिएको थियो ।

प्रहरीले सो घटनाको विषयमा जाहेरी लिएसँगै आइतबार होटलका सञ्चालक ललिता देवकोटा भण्डारीलाई पक्राउ गरेको ललितपुरको प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।

१५ भदौमा सो होटलको स्विमिङ पुलमा पौडी खेलिरहेका बेला करेन्ट लागेर ललितपुरका साजिलमान शाक्य गम्भीर घाइते भएका थिए । त्यसयता उनी कोमामा रहेका छन् ।

उनकी पत्नी रजिना मानन्धरले होटल सञ्चालकलाई कारबाहीको माग गर्दै आए पनि प्रहरीले लामो समय जाहेरी लिन मानेको थिएन ।

ललितपुर प्रहरी प्रमुख परिसरमा सो घटनाको जाहेरी दर्ता भएको थियो । पीडित मानन्धरले मुलुकी अपराध संहिता, २०७४ को दफो १७८ को उपदफा (१) र (२) र दफा १७७ अनुसारको कसुरअनुसार सजाय माग गरेकी छन् ।

सरकारी वकिलको कार्यालयमार्फत् २९ पुस २९ गते जाहेरी दर्ता भएसँगै अभियुक्तलाई पक्राउ गरेको हो ।

अर्की होटल सञ्चालक रोमी अर्याल भने फरार रहेकी छन् । उनीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिइसकेको छ । रोमी र ललिता सासु बुहारी हुन् ।

prabhu mahalaxmi
kumari