stcnepal long ad
global ime bank long

डा.राणा बोर्डको कार्यकारी निर्देशकमा पुन नियुक्ति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा डा. सञ्जिव विक्रम राणा आफ्ना प्रतिस्पर्धीहरुलाई उछिन्दै पुनः पाँच वर्षका लागि नियुक्त भएका छन्। बिहीबार बसेको बोर्डको कार्यकारी निर्देशक छनोट सिफारिस समितिले राणालाई पुन नियुक्ति गरेको हो ।

बोर्डले गत चैत ६ गते सार्वजनिक सूचना जारी गरेर कार्यकारी निर्देशक माग गरेको थियो । सिफारिस समितिको ४ गतेको निर्णय अनुसार कार्यकारी निर्देशकमा राणा छनोट भएका हुन् ।

वैकल्पिक उम्मेदवारमा अर्जुनबाबु ढकालको नाम सिफारिस गरिएको छ।बोर्डले शुक्रबार सूचना जारी गरेर सात दिनभित्र नियुक्ति पत्र बुझ्न भनेको छ। कार्यकारी निर्देशकको पदावधि पाँच वर्षको हुनेछ।

सिफारिस समितिले ढकाल, राणाका साथै सुदर्शन भण्डारी र सुरेशप्रसाद आचार्यको नाम पनि सिफारिस गरेको थियो । उनीहरुसँग ब्यवसायिक कार्य योजनाको प्रस्तुति र अन्तर्वार्ता गरिएको थियो।

 

IME Lifesidebar
kumari