क्षत्री समाज नेपाल गण्डकी प्रदेश भेला स्याङ्गजामा सम्पन्न
पोखरा । क्षत्री समाज नेपालको गण्डकी प्रदेश स्तरीय तथा प्रशिक्षण भेला स्याङ्गजामा सम्पन्न भएको छ । जातीय सदभावका लागी क्षत्री एकता भने उद्देश्य सहित वि.स.२०५२ देखि आम खस क्षत्रीहरुको साझा संस्थाको रुपमा समाजले देशब्यापि विविध समाजिक रचनात्मक कार्यहरु गदै आएको छ ।
जातीय आधारमा राज्यलाई विभाजित हुनबाट जोगाइ सबै जातीको साझा नेपाल बनाउन पछिलो समय समाजको भुमिका महत्वपुुर्ण रहदै आएको केन्दीय उपाध्यक्ष कृष्ण बहादुुर थापाले बताए । देशलाई कमजोर बनाउने आरक्षण कोटा तुरुन्त खारेजी गराउन समाजले देशब्यापी कार्यक्रम गरिने थापाले बताए ।
समाजको अभियान सधै देश को हित र आम–समुदायको लागी हुदै आएको प्रदेश अध्यक्ष बेनी वहादुर वस्नेतले बताए ।
प्रदेश समितिको पुर्ण वैठकले फागुन २६ गते, प्रदेश महाधिवेशन ७ वटा जिल्ला तथा सम्पुुर्ण भातृ समाजको अधिवेशन का लागी सचिवालय सदस्यहरुलाई संयोजक तोकिएको प्रदेश सचिव लक्ष्मी अधिकारीले बताईन ।
समाजका स्याङ्गजा जिल्ला अध्यक्ष भक्त बहादुुर के.सी. को सभापतित्वमा भएको कार्यक्रममा भिरकोट नगरपालिका का प्रवक्ता दिपेन्द्र के.सी. , प्रदेश का उपाध्यक्ष इन्द्रमान खत्री , सिता गोदार , नर बहादुुर के.सी. सचिव भुमी जङ्ग के.सी. ले समाजको बारेमा आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमा जिल्लागत रुपमा प्रदेशका विभिन्न जिल्ला अध्यक्षले प्रतिवेदन राखेका थिए ।