stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज कतारबाट एकैदिन २० वटा शव नेपाल ल्याइयो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । लक डाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि आज कतारबाट एकैदिन २० वटा शव नेपाल ल्याइएको छ । कतार एयरवेजको चार्टर्ड जहाजले २० जना नेपाली नागरिकहरुको शव र कतारमा अलपत्र परेका ४३ जना नेपालीलाई ल्याएको हो ।

शुक्रबार नै कुबेतको जजिरा एयरले पनि २ वटा शव ल्याएको छ । यस्तै हिमालय एयरलाइन्सले साउदी अरबबाट एउटा शव ल्याएको छ । कोरोना संक्रमण बढ्दै गएपछि अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका कारण यसअघि शव ल्याउन सकिएको थिएन् । सरकारले चार्टर्ड विमानमार्फत अलपत्र परेका नेपालीहरु र त्यहाँ रहेका शवहरु नेपाल ल्याइएको हो ।

शवलाई विदेशबाट ल्याउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जिल्लासम्म पुर्‍याउने खर्च बैदेशिक रोजगार बार्डले व्यवहोर्नेछ । विभिन्न कारणले विदेशमा मृत्यु भएका आपन्तहरुले काठमाडौं आएर निवेदन दिएपछि बोर्डले निःशूल्क ढुवानी गर्ने छ ।

IME Lifesidebar
kumari