citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

एनसेल र जलतथामौसम विज्ञान विभागबीच १३ वटा जोखिमहरु समेट्दै पूर्व सुचना प्रणाली सम्बन्धीसमझदारी पत्रमा हस्ताक्षर

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एनसेलले जलतथामौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थपविस्तार गरेको छ । यससँगै अब एनसेलले जलतथामौसमदुवैका कारण हुने प्राकृतिक प्रकोपहरुकाबारेमा पूर्व सूचनाप्रवाह गर्ने भएको छ । यस सम्बन्धमाबुधवार दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यो समझदारी पत्रअनुसार, एनसेल र जलतथामौसम विज्ञान विभागले पूर्व सूचना प्रणाली अन्तर्गत अब १३ वटा प्रकोपहरुकाबारेमाआमजनमानसलाई प्रकोप पूर्व सूचनाप्रवाह गर्नेछ ।

ती १३ प्रकोपहरुमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदुषण र घुम्रपात रहेका छन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथाप्रबन्धनिर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले पौष २५ गते बुधबार एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर, काठमाडौंमाआयोजित एक कार्यक्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सहकार्यका बारेमाआफ्नो उत्साहव्यक्तगर्दै महानिर्देशक डा. कर्माचार्यले भने, ‘‘पूर्व सूचना प्रणालीमा अग्रणी भुमिका खेल्र्दै सन् २०१६ देखि बाढीको पूर्व सूचनापहललाई अगाडि बढाएकोमा एनसेललाई धन्यवाददिन चाहन्छु ।

कुनै प्राकृतिकविपद् घट्नु भन्दाअगावै प्राप्तहुने पूर्व सूचना त्यस जोखिमबाट बच्न सफलमा निसका लागि जीवनदान सरह हुन्छ । ग्रासरुट–टु–ग्लोबल एक्सनको अवधारणा अनुरुपपूर्व सूचना प्रवाहका लागि गरिएको यो सहकार्य एक उत्कृष्ट उदाहरण हो ।

थप १० मौसममाआधारित जोखिमहरुलाई समेट्दै पूर्व सूचना प्रणाली तथा प्रवाहका लागि गरिएको योे सहकार्य एक अर्को कोशेढुङ्गाहो ।

एनसेल र अन्य साझेदारहरुसँगको सहकार्यमागरिएको कार्यले जोखियुक्त क्षेत्रमाबसोबास गर्ने मानिस समक्ष सम्पर्क गर्न सहजबनाई हजारौं मानिसहरुको जीवन रक्षा गर्न सफलभएका छौ ।

बाढीको प्रकोप बढ्दै गएपनि त्यसबाट हुने मानविय क्षति भने धेरै कमभएको छ र यो हामी सबैको सहकार्यले गर्दा सम्भव भएको हो । यसका लागि एनसेलको योगदानको कदर गर्न चाहन्छु । ”

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “जलतथामौसम विज्ञान विभागसँग १३ वटा विपद्हरुलाई पुर्व सुचना प्रणालीमा समेट्ने गरी यो सहकार्य गर्न पाएकोमाहामीगौरवान्वित छौ ।

हामीले सेवाप्रदान गर्ने समुदाय र त्यहाँकानागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्घताअनुरुपगरिएको यो कार्य एक कोशेढुङ्गाहो ।

सन् २०१६ देखि पूर्व सूचना प्रणालीलाई अघि बढाउँदै आएका छौं रआम नेपाली जनमानसलाई यस प्रणाली मार्फत सम्भावित विपद्बाट जोगाउने हाम्रो निरन्तरको प्रयास जारी रहने छ ।

एनसेल र विभागको यो सहकार्य सार्वजनिकनिजी साझेदारीमा कसरी प्रभावकारी कार्यहरु गर्न सकिन्छ भन्ने एक ज्वलन्तउदाहरण हो ।

एनसेल नेपाल र नेपालीको हितको लागि सदैव काम गर्न तत्पर छ र यसै अनुरुप आगामीदिनमापनिप्रभावकारी कार्यहरुमा सहकार्य गर्न हामी तत्पर छौ । ”

पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई सम्भावित जोखिमको बारेमा सुचितगर्दै आ–आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ ।

त्यसैगरी विपद् पूर्वयारी तथाप्रतिकार्यमा संलग्न संघसंस्थाहरुलाई समयमा नै आवश्यककार्य गर्न सहयोग पुर्याउँछ ।

सन् २०१६ देखि एनसेल र विभागले निरन्तर सहकार्य गरि बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई पुर्व सूचना प्रवाह गदै आएको छ । २०२३ मा एनसेलले ९० लाखभन्दा बढी पुर्व सुचना प्रवाह गरेको थियो ।

एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमाजनमानस र समुदायलाई सेवा पुर्याउन एनसेल सदैव तत्पर छ र जल तथा मौसम सम्बन्धितअन्य विपद्हरुमा पनि पूर्व सूचना प्रणाली लागु गर्नका लागि सम्भावनाहरु माथि अध्ययन भईरहेको छ ।

पूर्व सूचना प्रणाली मार्फत जनधनको क्षति न्यूनिकरणमा थप योगदान गर्न विभागले नयाँ टेलिमेन्ट्रि उपकरणहरु जडान तथा हाइड्रो मेटेरोलोजिकल स्टेशनहरु विस्तार गरे सँगै एनसेलले त्यस्ता स्टेसनहरुलाई आवश्यक कनेक्टिभिटी सुविधा प्रदान गर्दै जानेछ ।

 

gold
himalayan life insurance long ad