citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

बालकुमारी घटनाबारे छलफल गर्न राज्य व्यवस्था समितिले गृहमन्त्रीलाई बोलायो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारीमा दुई युवाको  मृत्यु भएको  घटनाका  सम्बन्धमा छलफल गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएको छ ।

सोमबार बिहान साढे ८ बजे सिंहदरवारमा बस्नेछ । उक्त बैठकमा गृहमन्त्री श्रेष्ठ र तीनवटै सुरक्षा निकायका प्रमुखलाई छलफलमा बोलाइएको छ ।

पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएका युवाले उत्पादनमूलक कामको भाषा परीक्षाका फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

gold
himalayan life insurance long ad