citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

अमेरिका पठाउने भनी १४ लाख ९० हजार ठगी गर्ने पक्राउ

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भनी करिब १४ लाखभन्दा बढी रुपियाँ लिई सम्पर्कविहीन भएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले स्थायी घर काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–४ घर भई हाल काठमाडौं–२६ सामाखुसी बस्ने ४६ वर्षीया पार्वती थापालाई पक्राउ गरेको जानकारी दिनुभयो ।

थापाले वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भनी हेमराज रेग्मीसँग १४ लाख ९० हजार रुपियाँ लिई सम्पर्कविहीन भएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

थापाले रेग्मीलाई वैदेशिक रोजगारीका लागि अमेरिका जान तीन लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तीन लाख ५० हजार हुन्छ भनी प्रलोभनमा पारेका थिए । यसका लागि शाहीले रेग्मीसँग १४ लाख ९० हजार लिई सम्पर्कविहीन भएका थिए ।

प्रवक्ता रेग्मीका अनुसार थापालाई बिहीबार काठमाडौं–२६ सामाखुसीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

gold
himalayan life insurance long ad