sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

ललितपुर महानगरपालिका–१९ मा टोलको विशेषता झल्काउने सद्भाव मेला

Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १९ को आयोजनामा आज शुक्रवारदेखि सद्भाव मेला हुँदैछ । तीन दिनसम्म चल्ने मेलामा वडा नम्बर १९ का विभिन्न ठाउँमा टोलको विशेषताअनुसार विभिन्न गतिविधिसहित प्रदर्शनी हुँदैछ ।

मच्छिन्द्रबहालमा रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग गरिने विभिन्न काठको प्रदर्शनी, इतिटोलमा रातो मच्छिन्द्रनाथलाई काठमाण्डौ उपत्यकामा ल्याउने राजा नरेन्द्रदेव, बन्धुदत्त आर्चाय र ललित ज्यापूको मूर्ति, अग्निशालमा ज्यापू सङ्ग्रहालय लगायतको प्रदर्शन गरिने वडाध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिनुुभयो ।

त्यस्तै तिन्छुगल्लीमा प्रदर्शनीका लागि परम्परागत धातुका सामान लगायतको प्रवेशद्वार पनि राखिएको छ । प्रदर्शनीको उद्घाटन महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दिउँसो १ बजे गर्ने कार्यक्रम छ ।

gold
prabhu bank
nawakantipur long