macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सुपर हेवा पावरको साढे २४ लाख कित्ता सेयर बिक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सुपर हेवा पावर कम्पनीले जगेडा सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २४ लाख ५० हजार कित्ता साधारण सेयर बिक्रीमा राखेको हो ।

कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेका सेयरधनीहरूले मात्र निजको नाममा कम्पनीमा अभिलेख कायम सेयरको अनुपातमा खरिद गर्न पाउने गरी सेयर जारी गर्न स्वीकृत गरेको थियो ।

कम्पनीले उक्त सेयरको मूल्य १ सय रुपैयाँ तोकेको छ । उक्त सेयर खरिद गर्न सेयरधनीहरूलाई ३५ दिनभित्र आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

यदि सो समयमा जगेडा सेयरधनीहरुले सकार गर्न बाँकी रहेमा सेयरधनीभन्दा बाहिरका लगानीकर्तालाई बिक्री गर्ने कम्पनीले बताएको छ ।

himalayan life insurance
igi long
NTA long ad