sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा भारत, मेक्सिको, नर्वे र आयरल्याण्ड सदस्यमा निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । संयुक्त राष्ट्रसंघको साधारणसभाले आगामी वर्ष २०२१/२२ का लागि सुरक्षा परिषदमा चार सदस्य राष्ट्र निर्वाचित भएका छन् ।

राष्ट्रसंघको सदस्यका लागि भएको निर्वाचनमा केन्या पुनः पराजित भएको छ । राष्ट्रसंघको सदस्य राष्ट्रहरुमा भारत, मेक्सिको, नर्वे र आयरल्याण्ड निर्वाचित भएका हुन् ।

दुई तिहाइ मत प्राप्त गर्न नसक्ने राष्ट्रहरुका लागि पुन मतदान हुने बताइएको छ । जिबूती र केन्याले सदस्य राष्ट्र चयन हुनका लागि फेरि मतदानमा भाग लिनुपर्ने बताइएको छ ।

निर्वाचनमा आयरल्याण्ड र नर्वेले क्यानडालाई पराजित गरेको छ । एशिया प्रशान्त क्षेत्रमा विस्तारित सुरक्षापरिषदको स्थायी सिट जित्ने प्रयास गरिरहेको भारतले १८४ मत प्राप्त गरेको समाचारमा जनाइएको छ ।

निर्वाचन परिणामसँगै भारत र चीनले सुरक्षा परिषदमा समान हैसियत बनाएका छन् । राष्ट्रसंघको सदस्य राष्ट्रमा निर्वाचित भएलगत्तै चीन र भारतबीच सीमा विवाद हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ ।

मेक्सिकोले १८७ मत प्राप्त गरेको छ । अफ्रिकी राष्ट्रहरुले विगतमा आफ्नै उम्मेद्वार खडा गरेपनि यस पटक भने कुनै पनि देश राष्ट्रसंघमा आउन सकेनन् । केन्याले जिबुतीविरुद्ध ११३ मत प्राप्त गरेको छ ।

केन्याले अफ्रिकी संघको समर्थनको लाभ लिएपनि जिबुतीले भने नाइरोबीको विगतमा सुरक्षा परिषदमा भएको सहभागिताको परिणाम आफू विजयी भएको दावी गरेको छ ।

फ्रेन्च भाषी जिबुती र अंग्रेजी भाषी केन्या दुवैले अफ्रिकाका द्वन्द्वरत मुलुकहरुमा शान्ति स्थापना गर्न आफ्नो भूमिका खोजेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सन् २०१० मा सुरक्षा परिषदमा भएको निर्वाचनमा क्यानाडालाई पोर्चुगलले पराजित गरेको थियो ।

gold
nawakantipur long