sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

महामन्त्री कोईरालाले नवलपुरका पत्रकारहरुको कोरोना बिमा गरिदिने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोईरालाले नेपाल प्रेस युनियन नवलपुरमा आबद्ध क्रियाशिल पत्रकारहरुको कोरोना विमा गरिदिने भएका छन् ।

महामन्त्री डा. कोइरालाले बुधबार कावासोतीमा आयोजित एक कार्यक्रममा प्रेस युनियन नवलपुरमा आबद्ध क्रियाशिल पत्रकारहरुको कोरोना विमा गर्न सहयोग गर्ने घोषणा गरेको प्रेस युनियनका जिल्ला अध्यक्ष वीरेन्द्र पराजुलीले बताएका छन् ।

कोरोना महामारीका बेलामा फिल्डमा खटेर काम गर्ने जिल्लामा रहेका युनियन आबद्ध सबै पत्रकारहरुको विमा गर्नका लागि युनियनले गरेको आग्रहलाई महामन्त्री डा. कोईरालाले सहर्ष स्विकार गरेको पराजुलीले बताएका छन ।

“सबै साथीहरुको विमा गर्न आबश्यक थियो , आज महामन्त्री ज्युले हाम्रो आग्रह स्विकार गर्नुभएको छ , हामीले विमा गर्ने प्रक्रिया अघि बढाएका छौं ।” पराजुलीले भनेका छन् ।

वीमा गर्नका लागि आबश्यक नाम संकलन गर्ने र अन्य प्रक्रिया सुरु गरिसकिएको युनियनका सचिव तथा प्रबक्ता आशिष रेग्मीले बताएका छन् । महामारीको समयमा अग्रपंक्तिमा खटिएर पत्रकारिता गरिरहेका पत्रकारहरुको विमा गरिने रेग्मीले बताएका छन् ।

रेग्मीका अनुसार यस अघि नै प्रेस युनियन नवलपुरले महामारीको समयमा रिपोर्टिङका लागी फिल्डमा खट्ने पत्रकारलाई आवश्यक सुरक्षा सामाग्री बितरण गरिसकेको थियो ।

कावासोतीमा आयोजित कार्यक्रममा महामन्त्री डा. कोईरालाले नेपाली काँग्रेसको महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् । उनले भने,“ अहिले महामारीका बेला छ , यो बेलामा हामी सबे सचेत हौं , महाधिवेशन तोकिएकै समयमा हुन्छ ।

त्यही अनुसार लाग्नु होला । ” कोइरालाले भनेका छन । सो अबसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद , गुरुराज घिमिरे लगायतका नेताले पनि बोलेका थिए ।

gold
kumari bank
nawakantipur long