evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

कोभिड खोप बनाएको फाइजरको सेयर भाउ ९ वर्षयताकै न्यून, मोडर्ना र जोनसन एन्ड जोनसनको अवस्था पनि उस्तै

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । कोभिड–१९ विरुद्ध खोप बनाएर लोकप्रिय बनेको अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरको सेयर मूल्य ९ वर्षयताकै न्यून विन्दुमा झरेको छ। बिहीबारको फाइजरको सेयर कारोबार २६.३७ डलरमा बन्द भएको थियो ।

जुन सन् २०१४ अक्टोबर १६ यताकै न्यून हो ।कोभिड खोपमा पाएको सफलताले फाइजरको सेयर मूल्य सन् २०२१ को डिसेम्बरमा सबैभन्दा उच्च विन्दुमा पुगेको थियो ।

सन् २०२२ को सुरुवातयता भने कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । पछिल्लो १ वर्षमा मात्र फाइजरको सेयर मूल्य ५१.५८ % ले घटेको छ ।

गत वर्ष डिसेम्बरमा यसको सेयर मूल्य ५० डलरको आसपासमा थियो । कोभिडको लागि तयार गरिएको भ्याक्सिन र प्यासक्लोभिड पिलको मागमा आएको गिरावटका कारण कम्पनीले घाटाको सामना गर्नु परेको सीएनबीसीले जनाएको छ।

यस्तै, कोभिडको खोप बनाएका अन्य कम्पनीको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । मोडर्नाको सेयर मूल्य सन् २०२१ को उच्च मूल्यबाट ८०% ले घटेर ८८.०३ डलरमा आएको छ ।

सन् २०२१ अगस्टमा कम्पनीको सेयर मूल्य सर्वाधिक ४८% डलरमा पुगेको थियो । पछिल्लो एक वर्षमा मोडर्नाको सेयर मूल्य ५९% ले घटेको छ । य

स्तै, जोनसन एन्ड जोनसन कम्पनीको पनि सेयर मूल्य पनि सन् २०२२ को पिकबाट २९% ले घटेको छ । पछिल्लो १ वर्षमा यस कम्पनीको सेयर मूल्य १३% ले घटेको हो ।

igi long
himalayan life insurance long ad