आज नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर तोलामा एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य एक लाख १८ हजार ५५० र एक हजार ४७० रुपैयाँ तोकिएको छ ।
यस्तै गरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।