stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

युरोपमा फेरिँदै नेपालीको हैसियत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली मुलुकमा पनि थिएन ।

उहाँले स्मरण गर्नुभयो, “कतै काम नपाएपछि मैले सडकमा फालिएका बियरका बोतल टिपेर बेचेर पनि खाएँ तर अहिले आफैँ अरूलाई काम दिन्छु ।” पाण्डेले लामो समय सङ्घर्ष गरेर सन् २०१७ मा पोल्यान्डमा आफ्नै व्यवसाय सुरु गर्नुभयो । उहाँले वार्सामा थाल्नुभएको ‘नेपाली बजार’ को विस्तार अहिले अन्य मुलुकमा पनि भएको छ ।

उहाँको नेपाली बजार नामक व्यवसायमा नेपाली खानाका परिकार गुन्द्रुक, तामा, थरीथरीका अचार, नेपाली खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, पूजासामग्रीलगायतको व्यापार राम्रै चलेको छ । यी सामान जर्मनी, इटालीलगायतका देशमा पनि निर्यात हुने गरेको छ ।

पढ्नकै लागि बेल्जियममा पुगेका म्याग्दीका जयप्रकाश भुसालको आफ्नै नेपाली होटल छ । अरूको काम गर्दा कहिले काम हुने, कहिले नहुने हुन्थ्यो तर निरन्तरको सङ्घर्षले सम्पूर्ण परिवारै बेल्जियममा बसेर व्यवसाय सञ्चालन गर्न सफल हुनुभयो । उहाँको होटलमा नेपाली खानासँगै चाइजिन, कन्टिनेन्टलका लागि विदेशीको आउजाउ राम्रै हुन्छ ।

धनगढीका सोमबहादुर थनेतलाई २० वर्षअघि ब्रसेल्स पुग्दा खान र बस्न धौ धौ थियो । नेपालमा पर्यटक गाइड भए पनि त्यहाँ त्यो सिपले काम नपाएपछि उहाँले ट्याक्सी चलाउन थाल्नुभयो ।

उहाँ सम्झनुहुन्छ, “त्यसको अनुमति लिनै कष्ट भयो, स्थायी कार्ड पाएपछि चलाउन पाएँ ।” अहिले उहाँ मात्र होइन उहाँका छोरी, छोरा उतै पढेर काममा व्यस्त छन् । छोराको जापानी खाना सुसीको रेस्टुरेन्ट छ ।

दाङका आशिष मगरको बेल्जियमको वेस्टान्डे सहरको समुद्री किनारमा कोसेली घर छ । पारिपट्टि बेलायत वारि बेल्जियम रहेको सो समुद्री किनार हरेक दिनजसो नै पर्यटकले भरिभराउ रहन्छ ।

नेपाली भने पर्यटकका रूपमा कहिलेकाहीँ मात्र देखिने गरेको उहाँ बताउनुहुन्छ । उहाँहरू जस्तै आयरल्यान्डका नवराज कोइराला त्यहाँको व्यावसायिक संस्थाको नेतृत्व लिने हैसियतमा पुग्नुभएको छ । लग्जम्बर्गका बालकृष्ण सापकोटा पनि व्यावसायिक पथमा अग्रसर हुनुहुन्छ ।

यी युरोपमा आफैँ व्यवसाय चलाउने केही प्रतिनिधि मात्र हुन् । पछिल्लो समय युरोपेली मुलुकमा नेपाली नागरिकको हैसियत फेरिँदै छ ।

पहिले काम गर्न समस्या पर्ने युरोपेली देशमा अहिले धेरै नेपाली उद्यमी, व्यवसायी र राम्रो ओहदामा कार्यरत छन् ।

बेल्जियमका लागि नेपालका राजदूत गेहेन्द्र राजभण्डारीका अनुसार युरोपमा पछिल्लो समय नेपालीको साख बढ्दै छ । बेल्जियमलगायतका देशमा अचेल नेपाली नागरिक कामदारबाट मालिक बन्ने लयमा अग्रसर छन् । त्यो देशकै लागि पनि राम्रो भएको उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार बेल्जियममा मात्र १० हजार नेपाली नागरिक छन् । तीमध्ये धेरै विद्यार्थी छन् । व्यावसायिक सफलता प्राप्त गरेका सात सय जना छन् ।

जसले त्यहाँ आफ्नै होटल व्यवसाय सञ्चालन गर्र्नुहुन्छ । विदेशी नागरिकलाई पनि रोजगारी दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अवसर बढ्दै छ ।

राम्रो पढेलेखेका नयाँ पुस्ताले युरोपका उच्च पदमा पनि आफ्नो दाबेदारी प्रस्तुत गर्न थालिसकेका छन् । तथापि युरोपका कडा नियम कानुनमा नेपाली बस्न नसक्दा चुनौती पनि उस्तै छ ।”

गैरआवासीय नेपाली सङ्घका महासचिव सोम सापकोटा युरोप वैदेशिक रोजगारीका लागि राम्रो हब बन्न थालेको बताउनुहुन्छ । युरोपमा पहिले अमेरिकी र युरोपेलीलाई मात्र राम्रो कामको अवसर हुन्थ्यो । एसियाली अझ नेपाल जस्तो सानो र गरिब मुलुकका पढेलेखेकै भए पनि भाँडा माझ्ने काम पनि दिइँदैन थियो ।

उहाँ भन्नुहुन्छ, “युरोप अहिले समृद्धिको यात्रामा भएकाले पनि होला सबैलाई समान देख्न थालेको छ । गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्षहरू उपेन्द्र महतो, जीवा लामिछाने, शेष घलेलगायतका नेपालीले युरोपका विभिन्न मुलुकका व्यापार व्यवसायमा ठुलो लगानी गरेका छन् ।”

युरोप जाने दोब्बर हुँदै

वैदेशिक रोजगार विभागको तथ्य हेर्ने हो भने पनि युरोपतिर नेपाली नागरिकको आकर्षण र पहुँच दुवै बढ्दै छ । गत आर्थिक वर्षमा मात्र पोल्यान्ड जान चार हजार ९१६ जनाले श्रम स्वीकृति लिएका थिए । त्यहाँ करिब १० हजार नेपाली रहेको अनुमान छ ।

त्यस्तै गत आर्थिक वर्ष साइप्रस जान चार हजार २२५, ओमान जान दुई हजार ७१६, बहराइन जान तीन हजार ६६२, माल्टा जान पाँच हजार ६०३, रोमानिया जान १३ हजार १३७, क्रोएसिया जान सात हजार १८७ जनाले श्रम स्वीकृति लिएका थिए। वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीका अनुसार यो आँकडा यस वर्ष दोब्बरभन्दा बढी हुने सम्भावना छ । गत वर्ष युरोपमा ५० हजार जना वैदेशिक रोजगारीका लागि गएको रेकर्ड छ ।

यो वर्ष पाँच महिना नबित्दै २५ हजार जना नाघिसक्यो । नियमनमा कठिनाइ युरोपमा नेपाली दूतावास कम हुँदा नियमनमा भने कठिनाइ हुने गरेको छ । एउटै दूतावासले चारदेखि पाँचवटा मुलुक हेर्नुपर्दा समस्या आउने गरेको छ ।

सरकारले नेपालीको सङ्ख्या ह्वात्तै बढेर ६० हजार पुगेको पोर्चुगलमा दूतावास राख्ने तयारी गरेको छ । अझै रोमानिया, क्रोएसिया, पोल्यान्डमा पनि दूतावाससँगै श्रम सहचारी राख्नैपर्ने देखिएको विभागका निर्देशक उप्रेती बताउनुहुन्छ ।

अनलाइन प्रणाली नियमन गर्न नसक्दा कहिलेकाहीँ व्यक्तिगत रूपमा गएकाको कागज नै किर्ते भएको हुन सक्ने, वैदेशिक रोजगार कम्पनीको आधिकारिकता जाँच्न नसकिने, विदेश पुगेकालाई अद्यागमन, श्रमल गायतका जानकारी पु¥याउन नसकिने समस्या देखिन्छ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

prabhu mahalaxmi
kumari