stcnepal long ad
global ime bank long

एनसेलको भ्रामक प्रचार प्रसार गरेको भन्दै एनसेल संगठनको आपत्ति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री आँफुले लिएसँगै सर्बाधिक आलोचना भएपछि यसकै स्वामित्वमा संगठन स्वतन्त्र एनसेल कर्मचारी ट्रेड युनियनले गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ।

बुधबार विज्ञप्ति जारी गर्दै ट्रेड युनियनले चौतर्फी रुपमा एनसेल लक्षित अत्यन्तै गैरजिम्मेवर र भ्रामक प्रचार प्रसार भईरहेको प्रति एनसेलमा रहेका स्वतन्त्र एनसेल कर्मचारी ट्रेड युनियनले ध्यानाकर्षण भएको जनाएको हो।

यस्ता गतिविधिले १८ वर्षदेखि अनवरत रुपमा नेपाल र आम नेपालीलाई अत्यावश्यक दूरसञ्चार सेवा प्रवाह गर्दै आएको यस कम्पनीको प्रतिष्ठामा ठूलो आँच पुर्याउनुका साथै कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोबल गिराएको जनाएको हो।

जनमानसलाई भ्रममा पार्ने गरि भई रहेका गतिविधी र समाचार प्रचारप्रसारले देशमा लगानीको वातावरणलाई खलल पुर्‍याउने र निजी क्षेत्रलाई हतोत्साही पार्ने काम भएको हाम्रो ठम्याई रहेको विज्ञप्तिमा लेखिएको छ।

IME Lifesidebar
kumari