citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिनु भएको छ । मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा पत्र बुझाउनु भएको छ ।

”उहाँले भोलिदेखि लागुहुने गरी राजीनामा दिनु बुझाउनु भएको छ । ४ बजे तिर राजीनमा पत्र बुझाउनु भएकाले मन्त्रालयले उहाँको राजीनामा सनाखत प्रक्रियमा प्रवेश गरेको छैन,” मन्त्रीको सचिवालयले भन्यो ।

थानीले राजीनामा व्याक्तिगत कारण देखाउनु भएको छ । थानीले आफ्नो कार्यकाल सकिनु अगाबै पदबाट राजीनामा दिएका हुन्।

थानि २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त हुनु भएको थियो ।  थानीले कार्यभार सम्हाल्दा घाटामा रहेको आयल निगम अहिले भने नाफामा रहेको छ ।

himalayan life insurance
igi long