काठमाडौं स्थित नेपाल सिनियर केयरले आफ्नो वेभ साइटको प्रवर्तन लन्चिङ्ग
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको समुपस्थितिमा म्हेपी, नयाँबजार, काठमाडौं स्थित नेपाल सिनियर केयरले आफ्नो वेभ साइटको प्रवर्तन (लन्चिङ्ग) गरेको छ ।
लन्चिङ्ग कार्यक्रममा माननीय उपसभामुखले वेभसाइट लन्चिङ्ग गरेकोमा नेपाल सिनियर केयरलाई बधाई र शुभकामना दिदैं यस सिनियर केयर मार्फत धेरै भन्दा धेरै बृद्धबृद्धाहरुलाई सेवा दिन सकोस् भन्दै बृद्धबृद्धाहरु खुल्ला विश्वविद्यालय हुन र उहाँहरुका अनुभवका भण्डारलाई समाजमा उजागर गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
ज्येष्ठ नागरिक उत्कृष्ट स्वास्थ्य सेवा लगायत दिवा र अवासिय सेवाले धेरै ज्येष्ठ नागरिकको जिवनयापन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
सिनियर केयरका प्रवन्ध निर्देशक आरती पौडयाल कटवालले बृद्धृद्धाहरुको उत्कृष्ट सेवा र हेरचाह, आनन्ददायी जीवनको प्रत्याभूतिको लागि नेपाल सिनियर केयर दिवा तथा आवासीय सेवा, नर्सिङ्ग केयर, फिजियोथेरापी, आयुर्वेदिक थेरापी लगायतका सेवाहरु दिइरहेको छ ।
बृद्धबृद्धाहरुलाई दिउँसोको समयमा छोराछोरीले कार्यव्यस्तताले गर्दा यस केयर सेन्टर मार्फत उहाँहरुको उचित स्वास्थ्यको हेरचाह साथै विभिन्न क्रियाकलापहरुलमा संलग्न गराई आनन्दायी जीवनको प्रत्याभूति गराउने यस केयर सेन्टरको एकमात्र उद्देश्य रहेको बताउनु भयो ।