macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सेवा लम्साल सचिव बढुवा सिफारिस

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त सचिव(विशिष्ट श्रेणी) पदका लागि एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा शुक्रवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले परराष्ट्रतर्फ रिक्त एक सचिव पदका लागि सहसचिव सेवा लम्सालको नाम सिफारिस गरेको हो ।

मन्त्रालयका सचिव भरतराज पौड्याल गत मङ्गलवार उमेर हदका कारण अनिवार्य अवकाश भएसँगै रिक्त हुन पुगेको सचिव पदमा मन्त्रालयकी प्रवक्तासमेत रहेकी सहसचिव लम्सालको एकल सिफारिस भएको हो ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२० प्रतिशत) बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव लम्सालको नाम मात्रै सिफारिस भएको हो ।

himalayan life insurance
igi long
NTA long ad