citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

रुद्रप्रसाद गौतम खानेपानी महसुल निर्धारण आयोगको अध्यक्षमा नियुक्त

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सरकारले खानेपानी महसुल निर्धारण आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्‌को बिहीवारको बैठकले गौतमलाई चार वर्षका लागि आयोगको अध्यक्षमा नियुक्त गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । ​

देशभरको खानेपानी र सरसफाइको महसुल निर्धारणको जिम्मा पाएको आयोगको दुई सदस्यमा यशोदा कार्की र कुलभूषण शर्मा नियुक्त भएका छन् ।

यसअघि कार्यकर्ता भर्तीको केन्द्र बनेको महसुल निर्धारण आयोगमा सरकारले पहिलो पटक सम्बन्धित क्षेत्रको विज्ञ व्यक्ति नियुक्त गरेको छ ।

आयोगको अध्यक्षमा नियुक्त भएका गौतमले ३० वर्ष ललितपुर महानगरपालिकामा खानेपानी र सरसफाइको क्षेत्रमा काम गरेका थिए । महानगनरपालिकाको हेडअर्फ डिमार्टमेन्ट रहिसकेका गौतमले केही समय अगाडि मात्र अवकाश पाएका थिए ।

हाल काठमाडौं उपत्यका मेयर्र फोरमको प्रमुख कार्यकारी अधिकृत (सीइओ) रहेका गौतमले काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)मा प्रबन्ध निर्देशनको रुपमा काम गरेका थिए ।

खुला प्रतिस्पर्धाबाट म्यानेजरको रुपमा समेत गरी उनले केयूकेएलमा दश वर्ष काम गरेका छन् । खानेपानी संस्थान फुटेर बनेको काठमाडौं भ्याली व्यवस्थापन बोर्डमा पनि संस्थापको रुपमा उनले काम गरेका थिए ।

इन्जिनियर गौतमले मेलम्ची खानेपानीको व्यवस्थापनको विषयमा पनि काम गरेका थिए । ‘अहिलेसम्म खानेपानी महसुल निर्धारण आयोग कामकाजी बनेको थिएन, पहिलो पटक व्यावसायिक र विज्ञ व्यक्ति नियुक्त भए पनि यसले गति लिने अपेक्षा गरेका छौं’ खानेपानी तथा सरसफाइ मन्त्रालय स्रोतले भन्यो ।

खानेपानी संस्थाले गरेको मूल्य प्रस्ताव र पानीको गुणस्तर हेरेर आयोगले मूल्य निर्धारण गर्ने गर्दछ । देशभर खानेपानीको गुणस्तरको अनुगमनको जिम्मा पनि समितिलाई दिइएको छ ।

 

gold
himalayan life insurance long ad