stcnepal long ad
global ime bank long

सीसीएमसी सर्‍यो सिँहदरवार !

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौँ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र(सिसिएमसी) सिंहदरवारमा सरेको छ । छाउनीस्थित नेपाली सेनाको रेन्जर गणमा राखिएको सीसीएमसीको कार्यालयका अहिलेसम्मका बैठक ब्यारेकमै भइरहेकोमा शुक्रवार पहिलो पटक सीसीएमसी निर्देशक समितिको बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरवामा बसेको छ ।

केही मन्त्रीले सैनिक ब्यारेकमा बैठक बस्नु ठिक नहुने कुरा मन्त्रिपरिषद् बैठकमा उठाएका थिए ।

कोभिड १९ विरुद्धको लडाइँमा धेरै संयन्त्र खडा गर्दा काममा अलमल भएको भन्दै एउटै संयन्त्रबाट काम गर्न उपयुक्त हुने बताएसँगै यससँगै कोरोना रोकथाम उच्चस्तरीय समितिलाई निष्क्रिय जस्तै बनाउँदै सीसीएमसीमा चार जना मन्त्री थपेर सोही संयन्त्रलाई बलियो बनाइएको छ ।

सीसीएमसीमा कृषि मन्त्री घनश्याम भुसाल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पर्यटन मन्त्री योगेश भट्टराई र उर्जा मन्त्री वर्षमान पुन थपिएका छन् । यसअघि उपप्रधानमन्त्री पोखरेल सहित गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग मन्त्री लेखराज भट्ट, सङ्घीय मामिला मन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री डा.युवराज खतिवडा थिए ।

IME Lifesidebar
kumari