macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा २१२ प्रतिशतले बढ्यो

यस अवधिसम्म कर्पोरेसनले १ करोड ९१ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस अवधिसम्म कर्पोरेसनले १ करोड ९१ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २१२.९६ प्रतिशत धेरै हो ।गत वर्षको असोजसम्म यसले ६१ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसको आम्दानी बढ्दा नाफा पनि बढेको हो । गत वर्ष १ अर्ब ५४ करोड ४५ लाख ५० हजार रुपैयाँ रहेको बिक्री आम्दानी अहिले बढेर २ अर्ब ९२ करोड ९० लाख २२ हजार पुगेको छ ।

यसको अन्य आम्दानी १ करोड ३ लाखबाट बढेर १ करोड १० लाख ६५ हजार रुपैयाँ पुगेको छ । असोजसम्म कम्पनीले ११ करोड ९२ लाख रुपैयाँ ब्याज खर्च गरेको छ ।

गत वर्ष उक्त खर्च १० करोड ४७ लाख १२ हजार रुपैयाँ थियो । यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५३ पैसा (वार्षिकीकरण) रहेको छ । यता, प्रतिसेयर नेटवर्थ भने ४०७ रुपैयाँ १९ पैसा छ ।

हाल साल्ट ट्रेडिङको चुक्ता पुँजी २७ करोड ८८ लाख ८४ हजार ३०९ रुपैयाँ छ । यसको जगेडा तथा मुनाफा शीर्षकमा १ अर्ब ३२ करोड ७० लाख ४७ लाख रुपैयाँ जम्मा रहेको छ ।

२१ कात्तिक २०८०, मंगलवार ०९:५९ बजे प्रकाशित

NTA long ad