macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनआरएनएको बैंक खाता रोक्का गर्न निवेदन

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को पराजित पक्षले सङ्घको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएको छ । पराजित पक्षले गठन गरेको कार्यसमितिका अध्यक्ष आरके शर्माले ११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल  साह मार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् ।

ती बैंकमा पत्राचार गरिएको र यसबारे परराष्ट्र र सङ्घका प्रमुख कार्यकारी अधिकारी अधिकृत (सिइओ) राजेन्द्रकुमार राउतलाई पनि जानकारी गराइएको शर्मा नेतृत्वको एनआरएनएका महासचिव बुद्धि सुवेदीले जानकारी दिएका छन् ।

अध्यक्ष शर्मासहितका पदाधिकारी नियमित कार्य सञ्चालनका लागि भन्दै बालुवाटारस्थित सङ्घको कार्यालयमा पुगेका थिए । तर, अध्यक्षको कोठा बन्द गरिएका कारण शर्माले प्रवेश गर्न पाएनन् । त्यसपछि उनले सीईओसहितका कर्मचारीसँग छलफल गरेका थिए ।

त्यसै क्रममा शर्माले सङ्घको नाममा रहेका कुनै पनि बैंक खाताबाट तत्काल आर्थिक कारोबार नगर्न र कार्यालयको ताला चाबी जिम्मा लगाउन सीईओलाई आग्रह गरेका थिए । तर, त्यस क्रममा राउतले सङ्घको सम्पूर्ण तालाचाबी डा। बद्री केसीसँग रहेको जानकारी गराएका थिए ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष शर्माले एनआरएनएको १८ वटै बैंक खातामा विश्वभरका नेपालीको सम्पत्ति रहेकाले कुनै अमुक र स्वघोषित अध्यक्षको निर्देशनमा सञ्चालन गरिनु अवैध हुने भएकाले तत्काललाई रोक्का गर्नुपर्ने बताएका छन् ।

शर्माले नेतृत्व गरेको एनआरएनए आइसिसीले आधिकारिकताको दाबी गर्दै गत शुक्रबार नै परराष्ट्र मन्त्रालयमा निवेदन दिइसकेको छ ।

१४ कात्तिक २०८०, मंगलवार ०६:११ बजे प्रकाशित

NTA long ad