stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौं  । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले आज २०८० मंसिर १३ गत विहान ७ बजे का.म.न.पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो ।
यस सरसफाई कार्यक्रममा बैंकका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द«, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागीता रहेको थियो । मन्दिर परिसरको सरसफाई पश्चात बैंकको केन्दि«य कार्यालय बालुवाटार काठमाडौंकै प्रांगणमा एक कार्यक्रम आयोजनामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आखा अस्पताललाई रकम रु २,००,०००।– (अक्षरुपी दुई लाख मात्र) को आर्थिक सहयोग उपलब्ध गराइएको थियो ।
यस वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याल लगायत बैंकका सञ्चालकज्यूहरु तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिनु भयो । साथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्दि«य कार्यालय बालुवाटार काठमाडौं र नेपालगञ्ज क्लष्टर कार्यालयमा गरी जम्मा १३२ जनाले रक्तदान समेत गर्नुभएको थियो ।
बैंकको संचालक समितिका अध्यक्ष उज्ज्वल सत्यालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा बैंकमा ५ वर्ष भन्दा बढी अवधी काम गरेका कर्मचारीहरुलाई Excellence Award वितरण तथा Cake Cutting कार्यक्रम समेत गरिएको थियो ।
यस लगतै कार्यक्रमको अन्त्यमा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीूले बैंकको १९औं वार्षिकोत्सवले थप उर्जा प्रदान गरेको र आगामी दिनहरुमा पनि बैंकका सब परिवारले मिलेर थप मिहिनेतका साथ बैंकलाई उचाईमा पु¥याउने विश्वास व्यक्त गर्दै सम्वन्धित सबैलाई धन्यवाद दिई कार्यक्रम समापन गरिएको थियो ।
prabhu mahalaxmi
kumari