macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

भैरहवाको युनिभर्सल मेडिकल कलेजका विद्यार्थी १२ दिनदेखि रिले अनसनमा

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका विद्यार्थीहरू विगत १२ दिनदेखि रिले अनसनमा बस्दै आएका छन् । कलेजका प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकको राजीनामा माग गर्दै विद्यार्थीहरू विगत १२ दिनदेखि रिले अनसनमा बस्दै आएका हुन् ।

दसैँको अवसरमा समेत विद्यार्थीहरूले कलेज परिसरमै रिले अनसनमा बसेका हुन् । उनीहरूले अहिले प्रिन्सिपल पाठकको राजीनामा माग गर्दै आएका छन् । कलेज प्रशासनले उल्टै विभिन्न खालको धम्की दिँदै आएको विद्यार्थीहरूले बताएका छन् ।

आन्दोलन र रिले अनसनमा सरिक हरेक विद्यार्थीहरूलाई धम्की दिँदै आएको विद्यार्थीहरूको भनाई छ । प्रिन्सिपल पाठककै कारण यत्रो दिन कलेज तथा शिक्षण अस्पताल ठप्प रहेको उनीहरूको भनाई छ ।

मेडिकल कलेज प्रशासनले ड्रेस कोड अनिवार्य गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका थिए । कलेज प्रशासनले एमबिबिएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टर्न गर्ने विद्यार्थीहरूका लागि गोजीबीनाको पहेँलो सर्ट र कालो पाइन्ट ड्रेस कोड तोकेको थियो ।

विद्यार्थीहरूले उक्त ड्रेसकोड अव्यवहारिक रहेको भन्दै संशोधन गर्न माग गर्दै आएका थिए । तर, कलेज प्रशासनले उक्त निर्णयबाट पछि हट्न नसकिने बचाएपछि विद्यार्थीहरूले दुई सातादेखि कलेज परिसरभित्रै आन्दोलन गर्दै आएका थिए ।

तर, कलेज प्रशासनले विद्यार्थीहरूको आन्दोलनप्रति बेवास्ता गर्दै आएपछि विद्यार्थीहरूले अहिले प्रिन्सिपलको राजीनामा एकसुत्रीय माग अघि सार्दै आएका हुन् ।

ड्रेस कोडसँगसँगै आफूहरूमाथि भइरहेको श्रम शोषण तथा विद्यार्थीहरूलाई परीक्षा दिन रोक लगाएकोविरुद्धमा समेत आन्दोलन गरिरहेको विद्यार्थीहरूले बताए ।

मेडिकल कलेजले इन्टर्नसीप गर्ने डाक्टरहरूलाई १० हजार रुपैयाँ पारिश्रमिक दिने गरेको छ । उक्त पारिश्रमिक समेत बढाउनुपर्ने आफुहरूको माग गरेको विद्यार्थीहरूले बताए ।

रिले अनसनमा मेडिकल कलेजमा पढ्ने सबै एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले साथ दिइरहेका छन् । त्यस्तै आंशिक चिकित्सकहरूले समेत साथ दिइरहेको विद्यार्थीहरूको दाबी छ ।

प्रिन्सिपल डा. पाठकको राजीनामा नआउँदासम्म रिले अनशन जारी रहने एक विद्यार्थीले बताए । ड्रेस नलगाएको निहुँमा एमबीबीएस अन्तिम वर्षको कक्षा नै रद्द गरिदिएको ती विद्यार्थीले बताए ।

विद्यार्थीहरू दुई सातादेखि आन्दोलित बनिरहँदा कलेज प्रशासन, तथा व्यवस्थापन पक्ष वार्ता तथा माग सम्बोधनका लागि सकारात्मक देखिएको छैन ।

१० कात्तिक २०८०, शुक्रवार १३:३० बजे प्रकाशित

NTA long ad