stcnepal long ad
ime life insurance
global ime bank long

नेपालीको उद्धारका लागि हवाई भाडादर निर्धारण, खाडीका लागि कम्तिमा ६० हजार रुपैयाँ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट हुने नेपालीको उद्धारका लागि हवाई भाडादर निर्धारण गरेको छ।

मन्त्री योगेश भट्टराई सहितको बुधबार विभिन्न २५ गन्तव्यका लागि भाडातर तोकेको हो। सरकारले विमान चार्टर्ड गरि उद्धार गर्ने तयारी गरेको छ, जसको भाडा यात्रु स्वयमले तिर्नुपर्ने छ।

साउदी अरबको दमामका लागि पाँच सय ९० डलर, रियादका लागि ६ सय ३० डलर, जेदहाका लागि ७ सय ७० डलर, कुवेतका लागि पाँच सय ७० डलर, कतारको दोहाका लागि पाँच सय ४५ डलर, ओमानका लागि पाँच सय १० डलर, यूएईको दुबई, आबुधावी र शारजाहका लागि समान ५ सय डलर भाडा तोकिएको छ।

यस्तै मलेसियाको क्वालालाम्पुरका लागि पाँच सय २० र बहराइनका लागि पाँच सय ४५ डलर तोकिएको छ। नारिताका लागि ९ सय ३५ डलर, जोर्डनका लागि ८ सय १५, साइप्रसका लागि ८ सय ७५, लन्डनका लागि एक हजार ३ सय ४० र जर्मनीको फ्रान्कफर्टका लागि एक हजार २ सय ५५ डलर भाडा तोकिएको छ।

हङकङका लागि पाँच सय ५०, माल्दिभ्सका लागि पाँच सय ५, कम्बोडियाका लागि ४ सय, बैंककका लागि ३ सय ९०, नयाँ दिल्लीका लागि २ सय ५, बैंगलोरका लागि ३ सय ३५, मुम्बईका लागि ३ सय १०, बंगलादेशका लागि एक सय ६५ र सुडानको खार्तुनका लागि ९ सय ४० डलर तय भएको छ। पहिलो चरणमा हुने उद्धारका गन्तब्य मुलुकको भाडा निर्धारण गरिएको हो।

मन्त्रालयले उद्धार उडानमा प्रयोग हुने एयरलाइन्सको लागत खर्च उठने गरी भाडा तय गरेको दावी गरेको छ। पहिलो चरणमा ११ जुनदेखि जुन २५ गतेसम्मको लागि उद्धार गर्ने तयारी छ। सरकारले नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्सलाई चार्टर्ड फ्लाइटका लागि अनुमती दिएको छ।

prabhu mahalaxmi
kumari