stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौं उपत्यका छाडेर घर जानेको लर्को, हिजो एकैदिन एक लाखभन्दा धेरै बाहिरिए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विजयादशमी नजिकिँदै गर्दा काठमाण्डौ उपत्यका छाडेर घर जानेको लर्को लागेको छ । रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि उपत्यकामा रहेकाहरू धमाधम घर फर्किरहेका छन् ।

आजदेखि सरकारी बिदा समेत शुरु भएकाले घर फर्किनेको घुइँचो बढेको छ । कलङ्की, बालाजु, बल्खु, कोटेश्वरलगायतका ठाउँमा बिहानैदेखि यात्रुको घुइँचो लागेको छ ।

उपत्यका भित्रका सार्वजनिक गाडीमा पनि यात्रुको थामी नसक्नु भिड छ । भिडका कारण कलङ्की, बल्खु, कोटेश्वर, जडीबुटीमा जाम समेत बढेको छ । यस्तै, गाडी छुट्ने नयाँ बसपार्कमा पनि घुइँचो बढेको छ । यात्रु र गाडीको चापका कारण ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे परेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार हिजो एकैदिन काठमाण्डौ उपत्यकाबाट एक लाखभन्दा धेरै बाहिरिएका छन् । हिजो एक लाख १२ हजार ४ सय १६ जना बाहिरिएका छन् । यो सङ्ख्या आज झन् बढ्ने छ ।

यस्तै, गाडी रिजर्भ गरेर जानेहरुको सङ्ख्या पनि उत्तिकै धेरै छ । गाउँ घर फर्किन लागेका यात्रुको यात्रा भने कष्टकर बनेको छ । टिकट नपाउने, टिकट पाए पनि तोकिएको सिट नपाउने जस्ता समस्या भोग्नु परेको छ ।

यस्तै, सडकमा भएका खाल्डाखुल्डीका कारण थप यात्रा कष्टकर बनिदिएको छ । यात्राका क्रममा कुनै समस्या परे वा बढी भाडा तिर्न परे ठाउँठाउँमा रहेका यात्रु सहायता कक्ष वा प्रहरीमा गुनासो गर्न ट्राफिक प्रहरीले आग्रह गर्दै आएको छ । यसपालि घटस्थापनादेखि अहिलेसम्म ६ लाखभन्दा धेरै यात्रु बाहिरिएका अनुमान छ ।

prabhu mahalaxmi
kumari