macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनआरएनको निर्वाचन परिणाम स्वीकार गर्दैनौं : महेश श्रेष्ठ

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) थप विवादमा मुछिएको छ । काठमाडौंमा जारी ११औं महाधिवेशनका क्रममा भएको मतदानमा धाँधली भएको दाबी गर्दै प्रतिस्पर्धामा उत्रिएको दुई समूहले निर्वाचनको परिणाम अस्वीकार गरेको छ ।

मुख्य प्रतिस्पर्धी महेशकुमार श्रेष्ठको टिम महेशबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका डा।केशव पौडेललाई भौतिक उपस्थितिमा गरिएको मतदानमा उनको पक्षमा शून्य मत खसेपछि अनलाइन भोटिङ सिस्टम ह्याक गरेर डा।बद्री केसीलाई अध्यक्षमा चुनाव जिताइएको उनीहरूको आरोप छ ।

श्रेष्ठले मत परिणाम नमान्ने घोषणा गरेका छन् । उनले भने,‘एनआरएन चुनावको नतिजामा गम्भीर धोकाधडी भएको छ । यो नतिजा हामी मान्दैनौं ।

भेरोको नाउँमा अनलाइन सिस्टम कब्जा गरिएको छ र अध्यक्षका उम्मेदवारले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्या भन्दा बढी हुन्छ । यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन ।’

त्यस्तै अध्यक्षका अर्का उम्मेदवार आरके शर्माले एनआरएनएमा माफिया तन्त्र मौलाएको भन्दै अनलाइन मतदान सिस्टम कब्जा गरेको आरोप लगाए । उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले माफिया तन्त्र र सिन्डिकेट हाबी भएको र निर्वाचनमा षड्यन्त्र गरी बनावटी परिणाम सार्वजनिक गरिएको आरोप लगाए ।

३ कात्तिक २०८०, शुक्रवार ०९:२३ बजे प्रकाशित

NTA long ad