macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

चार लाख श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गरेपछि हालसम्म लगभग चार लाख श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध भएको तर यसको निरन्तरतामा चुनौती देखिएको बताइएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ सम्मेलनमा ‘वैदेशिक रोजगारी र सामाजिक सुरक्षा’ विषयक छलफलमा सो कुरा बताइएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंहभण्डारीले सामाजिक सुरक्षा कार्यक्रमलाई विदेशमा प्रभावकारी रूपमा कार्यान्वयनका लागि एनआरएनएलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पहिलो पटक आबद्धतामा त समस्या छैन, भएर गइरहेका छन् । यसको निरन्तरताका लागि यहाँहरूले आआफ्नो देशबाट सहयोग गर्नुहोस् ।”

छ महिनाअघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजना कार्यान्वयनमा ल्याएपछि सो सङ्ख्यामा श्रमिक आबद्ध भएका हुन् ।

कोषका अनुसार यसरी कोषको योजनामा आबद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकबाट हालसम्म करिब ८० लाख योगदान रकम कोषमा जम्मा भएको छ ।

कोषका कार्यकारी निर्देशक कृष्ण अधिकारीले वैदेशिक रोजगार जाने तयारीमा रहेका, विदेशमा रोजगार र स्वरोजगार रहेका श्रमिकको कोषको उक्त योजनामा उत्साहजनक सहभागिता भए पनि यसको निरन्तरतामा समस्या देखिएको बताउनुभयो ।

कोषका अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेकालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषको योजनामा आबद्ध गर्न थालेको छ महिना मात्रै भएको छ ।

यस अवधिमा करिब चार लाख श्रमिक कोषको योजनामा आबद्ध भइसकेका छन् । जसमा तीन हजार पाँच सय जना विदेशमा स्वरोजगार रहनेहरू छन् । कोषमा अहिलेसम्म ७७ अर्ब रुपियाँ जम्मा भएको छ । जसमा ८० करोड मात्रै वैदेशिक रोजगारीमा गएको योगदान रहेको छ ।

गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष आरके शर्माले नेपालको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई डेनमार्क र नर्वेको मोडेलमा लैजानु पर्छ भन्नुभयो । उहाँले ती देशमा श्रमिकको थोरै पैसा लगानी गरेर धेरै सेवासुविधा दिने व्यवस्था गर्नुुपर्ने बताउनुुभयो ।

उपाध्यक्ष शर्माले सामाजिक सुरक्षा कोषका जम्मा भएको पैसा सामूहिक लगानी प्राधिकरण स्थापना सरकारसँग माग गर्नुभयो । गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष डिबी क्षेत्रीले वैदेशिक रोजगारीमा गएका श्रमिकसँग थोरै पैसा लिएर धेरै स्किम दिने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

 

३ कात्तिक २०८०, शुक्रवार ०६:४८ बजे प्रकाशित

NTA long ad