stcnepal long ad
global ime bank long

एनआरएनएको अध्यक्षमा डा. केसी निर्वाचित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका छन्। नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्याशी अन्य तीन उम्मेदवारलाई पछि पार्दै केसी निर्वाचित भएका हुन् ।

डा. केसीले एक हजार ३७८ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरकेले एक हजार २८१ मत, महेशकुमार श्रेष्ठले एक हजार २२५ मत र रविना थापाले ४७ मत पाएका छन्।

उपाध्यक्षमा डा. विनोद श्रेष्ठ, डा. हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी, रामशरण सिंखडा र रोविनप्रसाद शेरचन निर्वाचित भएका छन्।

यस्तै, युवा उपाध्यक्षमा रोशन थापा दुई हजार ४६८ मतसहित निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएकी छन्। यस्तैगरी, महासचिवमा गौरीराज जोशी निर्वाचित भएका छन्। उनले दुई हजार ३७ मत ल्याए।

काठमाडौँमा भएको महाधिवेशनमा विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गरेका थिए।

IME Lifesidebar
kumari