stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सुनको अवैध पैठारीबारे कात्तिक मसान्तसम्म आयोगलाई सूचना दिन सकिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ब्रेक शु, इलेक्ट्रिक सिगरेट लगायतका माध्यममार्फत भएका सुन तस्करीसम्बन्धी जानकारी भएमा कात्तिक मसान्तसम्म आयोगको कार्यालयलाई जानकारी दिन आग्रह गरेको छ ।

आयोगले गत असोज १६ गतेदेखि कार्य सुरु गरिसकेकोले आफूलाई भएको जानकारी दिएर अनुसन्धानमा सहयोग गर्न आम सर्वसाधारणलाई आयोगले आग्रह गरेको हो ।

सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न दलहरू सहमत भएसँगै सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरिएको थियो ।

prabhu mahalaxmi
kumari