stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आजबाट एनआरएनए महाधिवेसन, बद्री केसी र महेश श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९औँ महाधिवेशन आजबाट सुरु हुँदैछ। होटल सोल्टी, ताहाचलमा आज दिउँसो साढे २ बजे सो महाधिवेसनको उद्घाटन हुँदैछ। प्रत्येक दुई वर्षमा महाधिवेशन हुने गरेको छ।

यस महाधिवेसनले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ।अघिल्लो महाधिवेशनमा ६(६ महिना भाग लगाएर नेतृत्व सम्हालेका तीनमध्ये दुई अध्यक्षहरु बद्री केसी र रविना थापा यसपटक पनि प्रत्यासी छन्।

अध्यक्षका प्रत्यासी बद्री केसी र महेश श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। उता, राजेन्द्रकुमार शर्माले पनि अध्यक्षमा दावी गरेका छन्।

एनआरएनएको यस महाधिवेसनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ।

एनआरएनएले ८७ वटै शाखाको अधिवेशन सकिसकेको छ भने ४ हजार २ सय २७ प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। एनआरएनएमा ९६ हजार संगठित सदस्य रहेको दाबी गरेको छ।

prabhu mahalaxmi
kumari