macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

यातायात कार्यालय एकान्तकुनामा अब लाइसेन्सको राजश्व अनलाईनबाटै तिर्न सकिने

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सवारी चालक अनुमतिपत्रको अनलाईन राजश्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार कार्यक्रम अन्तर्गत आज नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको आयोजनामा यातायात कार्यालय एकान्तकुनामा सेवा शुभारम्भ भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता र बागमति प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको अध्यक्ष्यतामा भएको कार्यक्रम अनलाइन राजस्व भुक्तानीको सुरूवात गरिएको हो ।

अनलाइन प्रणालीको उद्घाटन गर्दै मन्त्री ज्वालाले सेवालाई प्रभावकारी र निरन्तर सञ्चालन गरिराख्न राष्ट्र सेवक कर्मचारी विशेष गरी प्राविधिक कर्मचारीहरूलाई विशेष अनुरोध गरेका थिए ।

साथै उनले सम्पूर्ण सेवाग्राहीहरुलाई चुस्त स्फूर्त सेवा प्रदान गर्ने कुरामा जोड दिएका थिए । पहिलो चरणमा सवारी चालक अनुमतिपत्रको अनलाईन राजश्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली यातायात कार्यालय एकान्तकुनामा सुरू भएको छ । विस्तारै अन्य कार्यालयमा पनि विस्ता हुने जनाइएको छ ।

 

२५ असोज २०८०, बिहीवार १३:५२ बजे प्रकाशित

NTA long ad