evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय संयन्त्रको माग

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

नेपाल उद्योग वाणिज्य महासंघले नेपालको अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आयोग गठन तथा संयन्त्र निर्माणको माग गरेको छ।

महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस सुधारको लागि सहकार्य विषय छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नयाँ पुस्ताको आर्थिक सुधारको कार्यक्रम आवश्यक परेको भन्दै त्यसको लागि संयन्त्र आवश्यक रहेको बताएका हुन्।

हालसम्म २०४८ को अर्थव्यवस्थाको जगमा अर्थतन्त्र चलेको भन्दै अब यसलाई सुधारको आवश्यकता रहेको उनको भनाइ छ।

‘अहिलेको अर्थव्यवस्थाको जग विसं २०४८ ताका थालिएको सुधारले अब थेग्न सक्दैन,ु ढकालले भने, ुतत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्च स्तरीय कानुनी हैसियत भएको संयन्त्र गठन गर्न अत्यन्त आवश्यक छ।’

महासंघले निजी क्षेत्रको समेत सहभागितामा प्रधानमन्त्रीको अध्यक्षता रहने गरी आयोग गठन गर्न आग्रह गरेको छ। एक वर्षको समयावधि दिएर बनाइने आयोगले नयाँ पुस्ताको सुधारको खाका तयार पार्नुपर्ने बताइएको छ।

महासंघले आयोगलाई प्रभावकारी रूपमा सञ्चालनको लागि निजी क्षेत्रले पनि सहयोग गर्ने भन्दै केही सर्तहरू समेत अघि सारेको छ।

यस्ता छन् प्रभावकारी आयोग सञ्चालनका लागि महासंघका सुझाव

–आयोगका सदस्यहरूलाई सवारी साधान सुविधा र बैठक भत्ता उपलब्ध नगराउने

–होटल रिसोर्ट आदिमा बैठक वा अन्य छलफल आयोजना नगरिने, सरकारी निकाय वा महासंघ लगायतका निजी क्षेत्रका कार्यालयमा बैठक आयोजना गरिने।

–आयोग सञ्चालनका लागि वैदेशिक सहायता नलिइने। अन्य सहयोग औचित्य र आवश्यकता हेरी तय गरिने।

–अन्यत्रको सुधार हेर्ने नाममा वैदेशिक भ्रमणमा नपठाइने।

himalayan life insurance long ad
igi long