stcnepal long ad
global ime bank long

तत्कालीन गाविस सचिवलगायत ११ जना विरुद्ध मुद्दा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौँ । तत्कालीन गाविस सचिव रामप्रसाद न्यौपाने लगायत ११ जनामाथि भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

कोहबरा गाविस झापाका तत्कालीन गा.वि.स. सचिव रामप्रसाद न्यौपानेले मोरङ जिल्ला लेटाङ गा.वि.स.हाल लेटाङ भोगटेनी नगरपालिका वडा नं. २ बस्ने स्व. हरि प्रसाद चम्लागाईको जेठी श्रीमती रेनुका चम्लागाईसँग मिलेमतो गरी योजनाबद्ध रूपमा बदनियतपूर्वक मृत्यु दर्ता प्रमाणपत्र र बसाइसराइ प्रमाणपत्र गलत जारी गरेको उजुरीको आधारमा अनुसन्धान भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा सचिव न्यौपाने, वडा सचिव मोहनप्रसाद ओली, रेनुका चम्लागाइ, कार्यालय सहयोगी दल बहादुर खत्री, मुचुल्कामा हस्ताक्षर गर्ने स्थानीय वासीहरू महानन्द सापकोटा, राजेन्द्र भन्ने गिरीराज श्रेष्ठ, चिन्तामणि बुढाथोकी, रोमनाथ दाहाल, लक्ष्मी प्रसाद बस्ताकोटी, टङ्क प्रसाद बजगाईँ, बालकृष्ण न्यौपानेले सहित जना ७ ले सर्जमिन मुचुल्कामा बदनियतपूर्वक दस्तखत गरी पेस गरेको पुष्टि भएको थियो ।

उनीहरूलाई कानुन बमोजिम सजाय हुन माग दाबी लिई आज अदालत काठमाडौँमा आरोप-पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

IME Lifesidebar
kumari