macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

बिए एलएलबी प्रवेश परीक्षा सुरु भएलगत्तै पश्नपत्र बाहिरियो

डिन कार्यालयलाई स्ववियुको २४ घण्टे अल्टिमेटम

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । स्वतन्त्र विद्यार्थी यूनियन नेपाल ल क्याम्पसले त्रिभुवन विश्वविद्यालय कानून संकाय डीन कार्यालयको चरम लापरबाहीका कारण बिए एलएलबी प्रवेश परीक्षामा अनियमितता भएको बताएको छ ।

आज विहान ११ बजेबाट सुरु भएको प्रवेश परीक्षाको वस्तुगत प्रश्न सार्वजनिक गर्न नमिल्ने प्रकृतिको भएपनि परीक्षा सुरु भएलगत्तै बाहिरिएको थियो । प्रश्न पत्र सामाजिक सञ्जालमा समेत अपलोड भएको भेटिएको थियो ।

‘असोज २० गते बिहान ११ बजेदेखि शुरु भएको बिए एलएलबी प्रवेश परीक्षामा भएको अनियमितता र त्रि।वि।कानून संकाय डीन कार्यालयको चरम लापरबाहीप्रति स्वतन्त्र विद्यार्थी यूनियन नेपाल ल क्याम्पसको गम्भिर ध्यानाकर्षण भएको छ,’– विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थीले परिक्षाकेन्द्रको हाताभित्र मोबाइल फोन वा अन्य इलेक्ट्रोनिक ग्याजेटहरु लान निषेध गरिए पनि प्रश्नपत्र बाहिरिनुले डीन कार्यालयमार्फत् खटिएका परिक्षा पर्यवेक्षक र परीक्षा केन्द्रमा खटिएका अन्य सम्बन्धित व्यक्तिहरूप्रति शंका उत्पन्न भएको स्ववियुले बताएको छ ।

प्रश्नपत्र बाहिरिनुले डीन कार्यालयप्रति प्रश्नचिह्न खडा भएको विज्ञप्तिमा उल्लेख छ । परिक्षा केन्द्रबाट वस्तुगत प्रश्नपत्र बाहिरिएको घटनाको सत्यतथ्य छानबीनका लागि स्ववियु नेपाल ल क्याम्पसले डीन कार्यालयलाई २४ घण्टे अल्टिमेटम दिएको छ । घटनाको सत्यतथ्य छानविन नभए जस्तोसुकै कदम चाल्ने स्ववियुको चेतावनी छ ।

२० असोज २०८०, शनिवार १४:३० बजे प्रकाशित

NTA long ad